नेपालीको औसत आयु ७१ वर्ष

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । 
 
पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ । यो करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । 
 
कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।