गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा रहेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
 
संविधानको विपरीत सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै कांग्रेस सांसदहरुले भने नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।
 
मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत रहेको छ ।
 
यस्तै, विपक्षमा कांग्रेसको २७ मत रहेको हो भने राप्रपा तटस्थ बसेको थियो । मतदानमा ५९ सांसद सहभागी थिए ।