बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बैशाख २४,२०८१

-आस्था न्यूज

बैशाख २४, २०८१ काठमाडौं ।
बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
 
बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
 
वैशाख १२ गतेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
 
काठमाडौँको वसन्तपुरमा आज एक समारोहको  आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई  शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।