माधव नेपालले बोलाए संसदीय दलको बैठक

बैशाख २४,२०८१

-आस्था न्यूज

वैशाख २४, २०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 
 
पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । 
 
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ । 
 
‘कुनै पनि शक्तिले नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्न सक्दैन’, उपाध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।