अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

बैशाख २४,२०८१

-आस्था न्यूज

वैशाख २४, २०८१ काठमाडौं ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी जसपा निर्वाचन आयोगमा दर्ता भएको छ। 
 
निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए। सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो। 
 
आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो। सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो। 
 
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए।
 
‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित सङ्घीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी ९जसपा० नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने’, आयोगको निर्णयमा भनिएको छ।