आज देशभर आंशिकदेखि साधरणतया मौसम बदली रहने

बैशाख २५,२०८१

-आस्था न्यूज

बैशाख २५, २०८१ काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ ।
 
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ ।
 
देशका उच्च पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ । यस्तै आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।
 
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।