आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

बैशाख २५,२०८१

-आस्था न्यूज

बैशाख २५, २०८१ काठमाडौं ।
नेपाली बजारमा मंगलबार पनी सुनको मूल्य  बढेको छ  । सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ८ सय रुपैयाँले बढेको हो । 
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।