कांग्रेसको अडानले सभामुखले राखेको छलफल निष्कर्षविहीन

बैशाख २५,२०८१

-आस्था न्यूज

वैशाख २५, २०८१ काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। 
 
छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ।
 
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए।
 
उनले भने, ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं।’
 
संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले निरन्तर सदन अवरोध गर्दै आएको छ। तर सत्तारुढ भने कुनै व्यक्ति विशेषलाई छानबिन गर्न समिति बनाउन नहुने पक्षमा रहेको छ।