दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल

बैशाख २६,२०८१

-आस्था न्यूज

वैशाख २६, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् ।
 
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।