एकैसाथ ५१९ जना इन्सपेक्टरहरूको सरुवा

बैशाख २७,२०८१

-आस्था न्यूज

बैशाख २७, २०८१ काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले ५ सय १९ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ।
 
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको हो। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ ।