आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास, सुपर जाइन्ट्स १० विकेटले पराजित

बैशाख २७,२०८१

-आस्था न्यूज

बैशाख २७, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ ।
 
बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो ।
 
हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए ।
 
हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
 
आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए । दोस्रो नम्बरका क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए ।
 
हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए ।
 
यो जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ छैटौं स्थानमा छ ।
 
लिग तालिकाको पहिलो स्थानमा कोलकाता नाइट्स राइडर्स र दोस्रो स्थानमा राजस्थान रोयल्स् रहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको अंक समान १६र१६ रहेको छ ।