स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई १ करोड ८८ लाख डलर प्राप्त

बैशाख २७,२०८१

-आस्था न्यूज

वैशाख २७, २०८१ काठमाडौं ।
स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ ।
 
नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो ।
 
बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा ‘स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ ।
 
नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।
 
अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो । परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।