सहकारी पीडितलाई न्याय दे भन्दै संसदमा कांग्रेसको नाराबाजी

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।
 
आ-आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।