कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

बैशाख २८,२०८१

-आस्था न्यूज

वैशाख २८, २०८१ काठमाडौं ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो ।
 
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । शुक्रबारको बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताए ।