Trending :
 

सेयर बजारमा हरियाली, आज १५.५४ अकंले बढ्यो

जेठ ०९,२०८१

-आस्था न्यूज

जेठ ९, २०८१ काठमाडौं ।
लगातार साताको कारोबारको चौथो दिन समेत सेयर बजारमा हरियाली छाएको छ । 
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १५.५४ अकंले बढेर २१३१.४९ बिन्दुमा पुगेको छ । बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच भएको छ । ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
 
बुधबार चार उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ४.२३ प्रतिशत, विकास बैंक समूहको ०.३३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९० प्रतिशत र म्युचुअल फण्डको ०.३६ प्रतिशतले सेयर मूल्य बढेको हो ।
 
साताको अन्तिम कारोबारको दिन दुई कम्पीको सेयरमा सकारात्मक सर्किट लागेको हो । आज सामुदायिक लघुवित्त र बुद्धभुमि नेपालको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
 
आज नेरुडे लघुवित्तको २४ करोड ४२ लाख रुपैयाँ, पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
 
कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।