Trending :
 

चुनदेवीमा ९ चरणको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता सम्पन्न, पुरुषोत्तम बने प्रथम विजेता

जेठ १०,२०८१

-आस्था न्यूज

जेठ १०, २०८१ काठमाडौं।
भक्तपुर सूर्य विनायक नगरपालिका चुनदेवीमा ९ चरणको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता बिहिवार सम्पन्न भएको छ। 
 
६० जना राष्ट्रिय शीर्ष खेलाडी सहभागी रहेको प्रतियोगितामा युवा खेलाडी पुरुषोत्तम सिलवाल ७.५ अंक जोडेर प्रथम हुन सफल भएका छन्। 
 
नेपाल बुद्धिचाल महासंघको आयोजनामा भएको चेस छनौट प्रतियोगितामा काभ्रेका क्याण्डिडेड मास्टर मिलन लामा, पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र ललितपुरका सुरोज महर्जन समान ६.५ अंक प्राप्त गर्दै संयुक्त दोश्रो स्थानमा रहन सफल बनेका छन्।
 
भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजना एवं व्यवस्थामा गत ६ गते देखि सञ्चालन भएको छनौट खेलवाट राजअंव कार्की, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, प्रेमकृष्ण महर्जन र एरिना इन्टरनेशनल मास्टर शुश्रुत दहाल ६र६ अंक बनाएर राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुन सफल रहे। दुई जना वैकल्पिक खेलाडीमा सुशील चौधरी र सिएम पुरुषोत्तम चौलागाईं पर्न सफल भएका छन्। 
 
आगामी सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघले यूरोपको हंगेरीमा चेस ओलम्पियाडको आयोजना गर्ने मिति तय गरेको छ। उक्त चेस ओलम्पियाडमा नेपालको तर्फवाट सहभागी हुने ५ जना खेलाडीहरुको छनौट जेष्ठ १९ गते काठमाडौको होटल ले हिमालयनमा गर्ने निर्णय गरिसकेको छ।
 
प्रतियोगिता मार्फत महिला र खुल्ला समूहवाट छनौट भएका ९र९ जना खेलाडीहरुले वर्तमान नेपाल पहिलो, दोश्रो र तेश्रो संग पुनः प्रतिस्पर्धा गरि हंगेरीको वाटो तय गर्नेछन्। 
 
सूर्य विनायक नगरपालिकाका मेयर थापाले आज भएको समापन समारोहमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन्। नगरको बिकास निर्माण कार्य संगसँगै रचनात्मक क्रियाकलापमा योगदान पुर्‍याउने लक्ष्य हामीले अंगीकार गरेका छौं । उनले आगामी बजेट मार्फत चेस खेल उत्थान गर्नेमा नगरपालिकाको दह्रिलो उपस्थिति रहनेछ। 
 
नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले महासंघको विधान संसोधित हुने संघारमा रहेको जानकारी गराएका छन्। लामाले महासंघलको वार्षिक क्यालेण्डर अन्तर्गत १२ महिनामा हुने कार्यक्रमहरु तय भई कार्यान्वयनमा आइसकेको अवगत गराएका छन्।
 
प्रतियोगिताका संयोजक निरञ्जन प्रजापतिले प्रत्येक वर्ष नेशनल बी भक्तपुरले गर्ने बताउदै सहयोगी सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।