Trending :
 

आईपिएलः राजस्थान रोयल्सलाई पराजित गर्दै हैदराबाद फाइनलमा

जेठ १२,२०८१

-आस्था न्यूज

जेठ १२, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
 
आज भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो ।
 
हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९  रन मात्र बनाउन सक्यो ।
 
राजस्थानका लागि ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए पनि जितका लागि पर्याप्त भएन्। ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट भएका थिए । सञ्जु स्यामसन र टम कोहलर–क्याडमोरले १०र१० रन बनाए ।
 
हैदरावादका शाहबाज अहमदले सर्वाधिक तीन विकेट लिए। अभिषेक शर्माले २ तथा प्याट कमिन्स र थंगारसु नटराजन एकरएक विकेट लिए ।
 
त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएको थियो । 
हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । ३४ बलको सामना गरेका उनले ६ छक्का सहित ५० रन बनाए । त्यस्तै १५ बल खेलेका राहुल त्रिपाठीले ३७ बनाए ।
 
ओपनर ट्राभिस हेडले ३८ रन बनाउँदा शाहबाज अहमद १८, अभिषेक शर्मा १२ रन बनाएर आउट भए । राजस्थानका ट्रेन्ट बोल्ट र आवेष खानले एकरएक विकेट लिए । सन्दीप शर्माको नाममा दुई विकेट रह्यो ।
 
हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु ९आरसिबी०लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।