Trending :
 

टी-२० विश्वकपः १४ औं ओभरमा नेपालले तेस्रो विकेट गुमायो

आषाढ ०१,२०८१

-आस्था न्यूज

असार १, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको नेपालले १४ औं ओभरमा तेस्रो विकेट गुमाएको छ । अनिल शाह २४ बल खेल्दै २७ रन बनाएर आउट भएका हुन् । उनी एडेन मार्करामको बलमा आउट भएका हुन् । उनले तीन चौका र एक छक्का प्रहार गरे ।
 
यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको थियो । नेपालको दुई विकेट दक्षिण अफ्रिकाका तबरेज शम्सीले लिएका हुन् ।
कुशल भुर्तेलले २१ बलको सामना गर्दै १२ रन बनाए भने कप्तान पौडेल २ बल खेल्दै शून्यमा आउट भए । दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ । क्रिजमा आशिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् । दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर नेपाललाई ११६ रनको चुनौती दिएको हो ।