Trending :
 

कवाडी व्यवसायी काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शनमा

आषाढ ०२,२०८१

-आस्था न्यूज

असार २, २०८१ काठमाडौं ।
कवाडी व्यवसायीहरू काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
 
प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा कवाडी व्यवसायीहरूको शान्ति, सुरक्षा, समृद्धि र सम्मानको माग गरिएको छ । केही समयअघिदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी सङ्कलकले विरोध प्रदर्शन गर्दै आएका छन् ।