Trending :
 

टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने

आषाढ ०९,२०८१

-आस्था न्यूज

असार ९, २०८१ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । 
 
अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
 
प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको उजुरी परेको थियो । आयोगले अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
 
खरिद प्रक्रियामा तत्कालीन एक मन्त्री पूर्वसञ्चार मन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की पनि संलग्न रहेको आरोप छ । आयोगले उनीहरूमध्ये एक जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ ।