बैशाख ०१,२०७४
-
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको छैठौ वार्षिक साधारण सभा बिहीबारका दिन बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज मिती २०७३ चैत्र ३१ गते प्रज्ञाभवन, कमलादीमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० % बर।बरको बोनस शेयर र दुई संस्था प्राप्ती पश्चात्को पूंजीमा ४० % हकप्रद शेयर ज।री गर्ने प्रस्ताव पारित गरेको छ ।
सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्विकृती समेत प्रदान गरेको छ । यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूंजी र चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पूँजी थप हुनेछ भने नपुग पूँजी ४० % हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।
प्रमुख समाचार