'गुगल अर्थ'को नयाँ संस्करण

'गुगल अर्थ'को नयाँ संस्करण सर्वजनिक

गुगल अर्थ अब क्रोम ब्राउजरमै चलाउन मिल्ने

बैशाख ०६,२०७४

-

वैशाख ६ -

गुगलले भर्खरै गुगल अर्थको नयाँ संस्करण ल्याएको छ ।

यदि तपाईहरुले पहिले गुगल अर्थ प्रयोग गर्नु भएको छ भने यहाँहरुले २-४ मिनेट गृहहरुमा चक्कर लगाउनु भयो होला, केहि ठाउँको अवलोकन गरी सायद बन्द गरिदिनु भयो ।

तर, अहिले गुगल अर्थ पहिलेको भन्दा बिल्कुलै नयाँ संस्करण लिई आएको छ ।

गुगल अर्थ खुल्दाको पहिलो दृश्य यस्तो छ जहाँ हामी निलो रंगमा हाम्रो ग्रह पृथिवी स्पेसमा तैरिरहेको देख्न सक्छौ ।

यसको नयाँ फिचर 'ज्ञान कार्ड' (नलेज कार्ड)मा विभिन्न ठाउँहरुका बारे ज्ञान, त्यस ठाउँको इतिहाँस, चित्र र व्यक्तित्वहरुको तस्विर पनि देख्न सक्छौ ।

गुगल अर्थको नयाँ संस्करणमा प्रयोगकर्ताले ब्राउजरमै थ्रिडीमा हेर्न पाउनेछन् ।

सगरमाथा होस् वा ग्रान्ड क्यानन्, गुगल अर्थमा सबै स्थानहरु थ्रिडीमा हेर्न सकिन्छ ।

'म भाग्यमानी महसुस गरिरहेको छु' (आइ एम फिलिङ लक्की) बटन थिचेर गुगलले विशेष रुपमा तयार पारेको विभिन्न ठाउँहरुको भ्रमण गर्न सक्नेछन् ।

'भोयाजर' (Voyager) खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्राहरु (इन्टर्‍याक्टिभ टुर) हेर्न सकिन्छ ।

'भोयाजर'को 'दिस इज होम' खण्डमा नेपालका अग्रणी पर्वतारोही कान्छा शेर्पाको घर समेटिएको छ ।

कान्छा शेर्पा, सन् १९५३ को सर एडमण्ड हिलारी तथा तेन्जिङ नोर्गे शेर्पा सम्मिलित पहिलो सगरमाथा आरोहण दलका एकमात्र जिवित सदस्य हुन् ।

कान्छा शेर्पा मार्फत 'दिस इज होम' खण्डमा 'शेर्पाहरुको घर'को बारेमा चर्चा गरिएकोछ ।

प्रयोगकर्ताहरुले स्ट्रिट भ्यु मार्फत कान्छा शेर्पाको घरभित्र डुल्न-घुम्न सक्छन्, कान्छा शेर्पाको यात्रा अनुभव सुन्न सक्छन्, शेर्पा समुदायको घरबारे जानकारी लिन सक्छन् ।

साथमा गुगल अर्थमा ‘पोइन्ट अफ इन्टरेस्ट’ नामक एउटा खण्ड पनि छ ।

गुगल अर्थक व्यवस्थापक गोपाल शाह भन्छन्; “’गुगल म्याप’ले ठाउँहरु भेट्न मद्दत हुन्छ । यस्तै ‘गुगल अर्थ’ बाट विभिन्न ठाउँहरुमा हराउन ।"

विभिन्न ठाउँमहरु खोज्न गुगल म्याप मेरो सहायक भएको छ भने गुगल अर्थमा म नपुगेका ठाउँहरु सजिलै पुग्छु ।”

गुगलले दुई वर्ष लगाएर बनाएको गुगल अर्थको नयाँ संस्करणमा गुगल क्रोम मार्फत अब सिधै हेर्न/चलाउन सकिनेछ ।

पहिले जस्तो गुगल अर्थ हेर्नको लागि कम्प्युटरमा अब गुगल अर्थ सफ्टवेयर डाउनलोड गर्नु नपर्ने भएको छ ।

गुगल अर्थको आइफोन एप आउन भने केही समय लाग्नेछ ।