‘ग्यालेक्सी एस ८’ र ‘ग्यालेक्सी एस ८+’ नेपालमा

सामसङ नेपालद्वारा ‘ग्यालेक्सी एस ८’ र ‘ग्यालेक्सी एस ८+’ सार्वजनिक

‘ग्यालेक्सी एस ८’ मुल्य रु. ८८९०० र ‘ग्यालेक्सी एस ८+’को मुल्य रु. ९८९०० छ

बैशाख ०६,२०७४

-

वैशाख ६, काठमाडौँ –

सामसङ नेपालले आज एक समारोहमा आफ्नो दुई ओटा स्मार्ट फोनहरु ‘ग्यालेक्सी एस ८’ र ‘ग्यालेक्सी एस ८+’ सार्वजनिक गरेको छ ।

सामसङका अनुसार उक्त स्मार्ट फोनका फिचरहरु पुराना स्मार्ट फोनहरुको भन्दा निकै पृथक र परिष्कृत छन् र यसको १८ः५ः९ डिस्प्लेको अनुपातका कारण एकैसाथ दुई एप चलाउन सकिने व्यवस्ताले पक्कै पनि उपभोग्तालाई आकर्षित गर्नेछ । 

सामसङले निकालेको विवरण अनुसार, ‘ग्यालेक्सी एस ८’को नेपाली बजारमा मुल्य रु. ८८९०० छ भने ‘ग्यालेक्सी एस ८+’को मुल्य रु. ९८९०० छ ।

ग्यालेक्सी एस एटको स्क्रिन साइट ५.८ इन्च वा १४.७ सेन्टिमिटर र एस एट प्लसको स्क्रिन साइज ६.२ इन्च वा १५.७ सेन्टिमिटर रहेको छ ।

ग्यालेक्सी एस एटको बडी एस सेभेनको तुलनामा थोरै सानो छ । तर एस एट प्लसको बडी भने एस सेभेन एजको तुलनामा अलि ठूलो छ ।

सामसङको भनाई अनुसार यी दुबै फोनलाई एकैसाथ चलाउन सकिन्छ ।

दुवै स्मार्ट फोनमा ४ जी.बि रयाम छ भने ब्याटरीको क्षमता ३००० एमएएच छ ।

‘ग्यालेक्सी एस ८’ म्यप्ल गोल्ड र मिडनाईट ब्लयाकमा उपलब्ध छ भने ‘ग्यालेक्सी एस ८+’ कोरल ब्लुमा पाईन सकिनेछ ।

कम्पनिले बताए अनुसार दुवै फोनको खरिदमा उपभोगताले एनसेलको ८ जीबि डाटा ८ महिना सम्म सितैमा पाउने छन् ।

उक्त फोनहरु मे ८ बाट सम्पूर्ण मोबाइल केन्द्रमा पाईन सकिनेछ ।

प्री-बुकिंग गर्न चाहनेहरुका लागी भने www.S8prebooking.com मा अप्रिल २० देखि मे २ सम्म अनलाइन मार्फत गर्न सकिनेछ ।