बसुन्धराश्री पुरस्कार तारानाथ शर्मालाई प्रदान गरिने

पुरस्कार राशि ५० हजार रूपैयाँ

बैशाख ०७,२०७४

-

काठमाडौं –

यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ ।

उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाको सिर्जनाद्वारा नेपाली साहित्यमा सिंगो जीवन समर्पण गरेवापत डा. शर्मालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।

यसैगरी चर्चित संचारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीलाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।

प्रवासमा रहेर पनि नेपाली साहित्यका विभिन्न विधाको सिर्जना तथा आफ्नो सुमधुर स्वरद्वारा नेपाली साहित्यका कृतिहरूलाई अझ सुपाठ्य, शालीन र समुन्नत बनाउन योगदान दिएवापत नेपालीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यो पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ ।

बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यो निर्णय गरेको प्रज्ञाप्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।