प्रविधि

नेपाली बिधार्थिद्वारा लप्सी प्रशोधन मेसिनको निर्माण

बैशाख १२,२०७४

-

 १२,वैशाख,२०७४-

 

नेपाली विद्यार्थीहरुले नयाँ मेसिन को आविष्कार गरेका छन्। काठमाडौं विश्वविध्यालयमा मेकानिकल इन्जिनियरिङ चौथो वर्ष अध्यनरत प्रज्वल लुइँटेल, प्रज्वल सैजु, वसन्त अर्याल, निरज जोशी र टंक प्रसाद ज्ञवाली लगायतको समुहले लप्सीको दाना प्रशोधन गर्ने मेशिन बनाएका हुन्I उक्त मेशिन बनाउनमा शिक्षक प्रतिष्ठितलाल श्रेष्ठको सहयोग गरेका थिएI

 

बिधार्थीहरुले आफ्नो प्रोजेक्ट वर्कको लागि यो मेसिन बनाएका थिए। प्रज्वल लुइँटेलका अनुसार  यो मेसिनले परम्परमगत तरिकाले भन्दा ३ गुणा छिटो काम गर्ने बताए I‘मेसिनले परीक्षण कालमै १ घण्टामा २० किलो लप्सीको बिया र २ सय किलो गुदी छुट्याउन सफल भएको र  यसलाई अझ सुधार गर्दै लाने जानकारी गराएI

 

त्यसैगरी मेसिनमा लप्सी हालेपछि प्रशोधित भई एक तर्फबाट दाना र अर्कोतर्फबाट लप्सीको लेदो निस्कन्छ। यो मेसिनलाई अझ सुधार गरेर बजारमा ल्याउन सके लप्सीको ब्यवसाय गर्ने किसानलाई ठूलो राहत पुग्नका साथै नेपाली विद्यार्थीको क्षमताको समेत कदर हुने विद्यार्थीहरुको भनाइ छ I 

 

यस्ता उपकरण बनाउन सरकारले सहयोग गरे नेपाली विद्यार्थीहरुमा थप उर्जा थपिने प्रतिष्ठितलाल श्रेष्ठको बिस्वाश रहेको छ I त्यस्तै अझ सुधार गरेर व्यवसायीक रुपमा यो उपकरण बजारमा भित्रिए ७० देखि ७५ हजार सम्ममा किसानले खरिद गर्न सक्ने श्रेष्ठले बताए। यो मेसिन बनाउन उनीहरुलाई मटर बाहेक करिव ६५ हजार लागेको थियो।