बच्चालाई आलोचना मात्रै गर्ने अभिभावकले जान्नैपर्ने चार कुरा :
-
हरेक अभिभावकको केहि खास बानि हुने गर्छ। जसको कारण उनीहरुले बच्चालाई सुधार्न केहि सिकाउन - पढाउन तथा आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले गर्ने गर्छन्।
तर मनोवैज्ञानिक हरुको भनाई छ कि केहि यस्तो नराम्रो बानिहरु हुने गर्छन् जसको कारणले बच्चाहरु माथि पनि नराम्रो असर पर्ने गर्छ।
र उनिहरु राम्रो मानिस बन्नुको साटो नराम्रो मान्छे बन्ने तर्फ अग्रसर हुने गर्छन्। बच्चाहरुको राम्रो अथवा नराम्रो बन्नुमा उनिहरुको लालन - पालन माथि निर्भर हुने गर्छ, साथै यस कुरामा पनि कि अभिभावकले आफ्नो भूमिका कसरि निर्वाह गरेका छन्।
आउनुहोस् जानौं अभिभावकहरुको त्यो बानि जसले बच्चाहरुलाई सुधार्नुको सट्टा बिगार्ने काम गर्दछ।
१. बच्चा हउन अथवा ठुला - बडा कुनै पनि व्यक्तिको तुलना अरु कसै संग गर्न हुँदैन।
यदि तपाईं तुलना गर्नुहुन्छ भने यसको मतलब हो कि तपाईं उसको ओरिजनल व्यक्तित्व माथि नै प्रश्न उठाई राख्नु भएको छ।
तुलनाको मतलब हो कि तपाईं उसलाई यो भनि रहनु भएको छ कि “तिमि जस्तो व्यक्ति हौ” “त्यस्तै मलाई मन पर्दैनौ” तिमीलाई त अरु कसैको जस्तो हुनु पर्ने थियो।
के तपाईं लाई कसैले यस्तो भन्यो भने मन पर्छ त ? पर्दैन नि ?? यस्तो प्रकारले तुलना गरिंदा बच्चा अथवा अन्य कसैलाई उसको स्वयंको व्यक्तित्व नै नकारात्मक बनाई राखिएको हुन्छ।
यसले केही फाइदा त हुँदैन बरु नोक्सान भने धेरै भै राखेको हुन्छ। सबैको आ-आफ्नै प्रतिभा र व्यक्तित्व हुने गर्छ।
यस्तोमा बुद्धिमानी यहि हुन्छ कि उसमा जे-जस्तो प्रतिभा छ त्यसमै खुशी भै त्यहि प्रतिभालाई नै अझै विकसित गर्न मद्दत पुर्याउनु भयो भने भविष्यमा गएर तपाईंको बच्चा तपाईं प्रति कृतज्ञ हुनेछ।
२. आफ्नो इच्छा बच्चाहरु माथि थोप्नु।
अधिकांश अभिभावकहरुले आफ्नो जीवनमा जे-जे गर्न पाएनन् त्यहि-त्यहि उनीहरु द्वारा गराउन चाहन्छन्।
र आफ्नो अन्तर्मनमा कुण्ठित भै रहेको इच्छाहरु पुरा गर्न चाहन्छन्।
यसमा उनीहरुले यो भुल्छन् कि बच्चाको आफ्नै एक स्वतन्त्र व्यक्तित्व र पोटेन्शियालिटि हुने गर्छ।
यदि तपाईंहरुले उनीहरु माथि आफ्नै कुण्ठित इच्छाहरु थोपी दिनु भयो भने पनि उनिहरु त्यस क्षेत्रमा सफल हुन सक्दैनन् ।
र जीवन भरि दुखि भै विषादमा रहन बाध्य हुन्छन्।
तसर्थ राम्रो यहि नै हुनेछ कि तपाईं आफ्नो बच्चाको उत्सुकता र इन्ट्रेस्ट जुन विषयमा छ त्यसलाई नै राम्रो संग पहिचान गरि त्यसमा नै अघि बढ्न प्रेरित र मद्दत पुर्याउनु भयो भने उसको आफ्नो सपना पूर्ण भै तपाईंहरु प्रति धन्यवादको भावनाले आपूरित हुनेछ।
३. बच्चाहरुको आलोचना गर्नु।
केहि अभिभावकहरु जानि-नजानी आफ्नो बच्चाको केवल आलोचना नै गरिरहेका हुन्छन् l
यहाँ सम्म कि घर आएका अतिथिहरु, इष्टमित्रहरुकै अगाडी आफ्नो बच्चाको नराम्रो बानीहरुको बखान गर्न थाल्छन्।
उनीहरुको गल्तिमा उनीहरुकै अगाडी गालि गर्न थाल्छन्। यस्तो कुराले बच्चाहरुको मस्तिष्कमा नकारात्मक प्रभाव पर्ने गर्छ।
यस्तो गरेर तपाईं बच्चाको बानिमा कुनै पनि सुधार ल्याउन सक्नुहुन्न।
जबकी उसको आत्मविश्वास भने कम गरिरहनु भएको हुन्छ। र अरुको नजरमा पनि उसलाई हीन तुल्याई रहनु भएको हुन्छ।
जसले गर्दा भविष्यमा गएर कुनै पनि काममा आफुलाई अयोग्य ठानी हतोत्साहित भै असफल हुने गर्छन्।
४. बच्चाहरुलाई कुट्नु तथा पिट्नु।
अभिभावकहरुलाई आफ्नो यो सोच पूर्ण रूपले बदल्नु पर्नेछ कि बच्चा जिद्दी भै रहेको छ, पढाई-लेखाई गरिरहेको छैन या फेरी तपाईंको कुनै कुरा मानिरहेको छैन त उसलाई पिटेर हप्की-दप्की लगाएर आफ्नो मनमर्जी को काम गराउंछु।
यदि तपाईंले यस्तो गराउनु भयो भने पनि अस्थाई नै हुनेछ। यसबाट उसले केहि सकारात्मक कुरा सिक्दैन र तपाईं नभएको मौका छोपी फेरी पनि त्यहि काम दोहोर्याई रहेको हुन्छ।
याद राख्नुहोस् बच्चाहरुलाई स्थाई अनुशाशन र सहि(गलत केवल प्रेमपूर्वक सम्झाई-बुझाई गरेर नै सिकाउन सकिन्छ। बच्चालाई डराउने-धम्काउने र प्रताडित गरेर कुनै पनि
फाइदा हुने छैन।