सरिता एक १९ वर्षिया बालिका हुन् उनि पढाई को साथ – साथै नृत्यमा पनि अव्वल छिन् ।
जसको कारण अक्सर उनको ध्यान वस्तुहरुको सकारात्मक विशेषताहरुको स्थानमा नकारात्मक विशेषताहरु प्रति बढी जाने गर्छ ।
उनलाई सधैं नै लाग्ने गर्छ कि “यो भन्दा अझै राम्रो हुनु पर्ने थियो” चाहे त्यो खाना होस्, कपडा होस्,
आफ्नो यहि बानीको कारण उनि आफ्नो उपलब्धिहरुको पनि पुरा आनन्द लिन पाइरहेकी छैनन्। र सधैं नै असंतुष्ट रहन्छिन् ।
यो कथा केवल सरिताको मात्रै होइन । सरिता जस्तै लाखौं मानिहरुको पनि हो ।
जसको ध्यान संधै कमि - कमजोरीहरु हरु तर्फ मात्रै जाने गर्छ । त्यो चाहे आफ्नो होस् या फेरी अरुको ।
यस्तो खालको मानिसलाई संधै केहि न केहि कमिपन (खालीपन) भैरहेको भान हुने गर्छ ।
यस्तो प्रकारको कमिपन ज्यादातर युवाहरुमा देखिन्छ। ओह ! मेरो साथमा पनि उसको जस्तै iPhone भएको भए,
छिमेकि को जस्तै कार हाम्रो पनि भएको भए, मसंग पनि उसको जस्तै घर भएको भए, आदि..... यस्तोमा हामिहरु संग जे छ
त्यसको आनंद पनि ठीक संग लिन सक्दैनौं र संधै दुख नै हाम्रो भाग्य बनि दिने गर्छ । फलस्वरूप हाम्रो व्यक्तित्व नै अतृप्त रहन्छ ।
मानिसको यस्तो खालको प्रवृत्तिलाई “द मिसिंग टाइल सिंड्रोम” भनिन्छ । यसको मतलब यो हो कि हामि ती वस्तुहरु
माथि आफ्नो ध्यान केन्द्रित गर्छौं जुन चाहिं हामिसंग हुँदैन । र यहि दृष्टि दुख र असन्तुष्टिको कारण बन्ने गर्छ ।
कसरि होला मिसिंग टाइल सिंड्रोम बाट छुटकारा ?
हामि सबै मानिस हौं र कहिले पनि परिपूर्ण हुन सक्दैनौं ।
हर मानिसमा केहि न केहि कमि - कमजोरीहरु हुने नै गर्छन् ।
तर यसले उसको जीवन प्रतिको दृष्टिकोण भने बदल्ने गर्छ कि उसले जीवनलाई
सकारात्मक दृष्टिले लिएको छ अथवा नकारात्मक दृष्टिले ।
सकारात्मक दृष्टिको फल सुख हुन्छ भने नकारात्मक दृष्टिको फल दुख ।
अन्ततः व्यक्ति स्वयं नै निर्णायक हुन्छ, सुखी र दुखि हुनुमा ।
आउनुहोस् जानौं सुखी हुने केहि उपायहरु।
(किनकी दुख कसैले पनि चाहंदैन)
लोभ- लोभ यस्तो चीज हो जसको कुनै अन्त्य छैन ।
यो समयको साथ साथै अरु पनि ज्यादा हुने गर्छ यदि समयमा नै यसलाई आफु माथि आविष्ट हुनु बाट रोकिएन भने ।
स्मरण रहोस् जीवनका स - साना आवश्यकताहरु पूरा गर्ने इच्छा सामान्य कुरा हो ।
तर अनियंत्रित पाउने लालसा भने खतरनाक हो । यसले तपाईंलाई कहिले पनि सन्तुष्ट रहन दिंदैन ।
तसर्थ आजै देखि लोभको वास्तविकतालाई जानी यस माथि विजय हासिल गरौँ ।
सकारात्मक सोच - जब तपाईंको ध्यान नकारात्मक चीज या कमि - कमजोरीहरु तर्फ
जान थाल्छ तत्काल त्यस माथि दुखि हुनुको सट्टा यो सोच्नुहोस् कि कसरि यस भन्दा राम्रो हुन सक्छ,
तर यसको लागि कहिले पनि आफ्नो तुलना अरुसंग नगर्नुहोस् । कुनै पनि वस्तु कहिले पनि पूर्ण हुन् सक्दैन,
त्यसैले कमि - कमजोरीहरुलाई पनि अगाडी बढ्ने माध्यम बनाउनुहोस् । संधै आफु संग जे छ त्यस तर्फ ध्यान राख्नुहोस् ।
यसो गर्नाले तपाईंको मस्तिष्क बिस्तारै सकारात्मक हुँदै जानेछ।
संतुष्टि - संतुष्टि मनको सबै भन्दा राम्रो सकारात्मक स्थिति हो ।
यसले मान्छेलाई जिन्दगीको सानो - सानो क्षणमा पनि खुशी दिने काम गर्छ ।
एक असंतुष्ट मानिस ठुला - ठुला उपलब्धिहरुको पछि पनि दुखि र तनावमा रहन्छ भने
सन्तुष्ट मानिस हर उपलब्धिमा खुशी हुने गर्छ, चाहे त्यो सानो होस् अथवा ठुलो ।
याद राख्नुहोस् सन्तुष्टिको मतलब अकर्मण्यता होइन । कर्म बाट मुक्ति सम्भव छैन ।
कर्म त गर्नै पर्छ, किनभने यो कर्मभूमि हो । कर्म गर्नमा हामी स्वतन्त्र छौं
तर फल भने भविष्य आश्रित हुने भएकोले त्यसमा हामिले कुनै हस्तक्षेप गर्न सक्दैनौं ।
तसर्थ आफ्नो कर्तव्य कर्म गरेपछि भविष्यमा जे फल पाइनेछ त्यसमा नै खुशी भै
अझै राम्रो उपलब्धि को लागि सकारात्मक रूपले आगाडी बढ्नु पर्छ ।