Trending :
 
समाचार हरु

होलीको सुरक्षाका लागि उपत्यकामा पाँच हजार सुरक्षाकर्मी परिचालन

चैत ११, २०८० काठमाडौं । प्रहरीले होलीलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा मात्रै पाँच हजार सुरक्षाकर्मी खटाइएको छ । यी सुरक्षाकर्मी आइतबार (आज) बिहानदेखि साँझसम्म परिचालन हुनेछन् । होलीमा उच्छृंखल गतिविधि नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमातहत रहेका सुरक्षाकर्मी खटिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्यसबाहेक काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट पनि सुरक्षाकर्मी परिचालन हुनेछन् ।