चैत १, २०८० काठमाडौं । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौति देखिएको सचिव पुष्करले जानकारी गराएका थिए । ‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभ