असार १६, २०८१ काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।