जेठ २५, २०८१ काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’