चितवन– समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा बर्सेनि धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ