चिकित्सक आन्दोलनका कारण उपचार ठप्प भएपछि प्रहरीले वीर अस्पतालको ताला खुलाएको छ । बिभिन्न माग राखेर चिकित्सकले अस्पतालमा ताला लगाएका थिए । ताला खोलेपनि चिकित्सकले अस्पताल भित्र काम गरेका छैनन् । बाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् । सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत चिकित्सकले बताएका छन् । अस्पताल आउने सबैलाई उपचार सेवा दिने तर भित्र नजाने अडानमा चिकित्सक छन् ।चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर चेकजाँच गराएका छ