Trending :
 

नेपालका गाईगोरु बंगलादेश तस्करी

श्रावण २०,२०७५

-

 साउन २०, २०७५ काठमाडौँ ।
 
 
तस्करी समूहले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ । 
 
नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो । 
 
प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान लागेका थिए । नयाँ पत्रिका