Trending :
 

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

श्रावण २४,२०७५

-

 
साउन २४, २०७५ काठमाडौं ।
 
नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् ।  
बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ । 
 
नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेर समूहका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् ।
 
चार वर्षमा मुलुकभर चार हजार ४४५ महिला बलात्कृत भएका छन् । तीमध्ये १० देखि १६ वर्ष उमेरका एक हजार ३००, १० वर्षमुनिका ८२० बलात्कृत 
भए । १७ देखि १८ वर्ष उमेरका ४५१ र २० वर्षभन्दा माथिका एक हजार ५१६ जना रहेका छन् । नयाँ पत्रिका