Trending :
 

अब पासपोर्ट ६ किसिमका

श्रावण २५,२०७५

-

 
 साउन २५, २०७५ काठमाडौं ।
 
 
सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ ।  
 
हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । 
 
सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । 
 
थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् । 
 
विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था गरिएको छ । 
 
पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टका रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ । काँिन्तपुर