Trending :
 

विपन्नलाई आवास दिइने

श्रावण ३१,२०७५

-

 
 साउन ३१, २०७५ काठमाडौँ । 
 
सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । 
 
अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ । 
 
सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । 
 
आवासविहीनको विवरण संकलन, उनीहरुलार्य परिचयपत्र उपलब्ध गराउने वस्ती विकास गर्ने आवास उपलब्ध गराउने अस्थायी आवास तथा पनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । 
 
कान्तिपुर दैनिक