Trending :
 

१२० बालबालिकामाथि यौन दुर्व्यवहार

भाद्र ०६,२०७५

-

 
 भदौ ६, २०७५ काठमाडौँ ।
 
बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य
घटनाबाट पीडित भएका छन् । 
 
केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । 
 
दुईजना बालक जर्मन नागरिकबाट यौन दुर्व्यवहार  परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् । 
 
यही अवधिमा १२ प्रतिशत १४  जना बालिका सामुहिक बलात्कारमा परेका छन् । नयाँ पत्रिका