Trending :
 

हवाई यात्रु बिमा १ करोड ७८ लाख

भाद्र ०८,२०७५

-

 
 भदौ ८, २०७५ काठमाडौं ।
 
 
हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर ९१ करोड ७८ लाख ९७९ रुपैयाँ० पाउने भएका छन् । 
 
अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर  (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ । 
 
विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो ।  
 
संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण व्यवस्था गर्ने मेन्ट्रियल महासन्धि पेश गरेका थिए ।
 
उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो ।