Trending :
 

बागमतीमा थपिए एक लाख २९ हजार सवारीसाधन

भाद्र ०८,२०७५

-

 
 भदौ ८, २०७५ काठमाडौं ।
 
बागमती अञ्चलमा एकै बर्षमा एक लाख २९ हजार सवारीसाधन थपिएका छन् ।  
 
यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४÷७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका हुन् । 
 
काठमाडौं उपत्यकामा बर्षेनी अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ । 
 
बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका हुन् । 
 
आव २०७३÷७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए । नागरिक दैनिक