Trending :
 

जनप्रतिनिधिकै घरमा छाउगोठ

भाद्र १२,२०७५

-

भदौ १२, २०७५ काठमाडौँ ।
 
वेदराम भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १० का निर्वाचित वडासदस्य हुन् । 
 
सामाािजक विकृति र कुरीति अन्तयका लागि अगुवाई गर्नुपर्ने वडासदस्य भण्डारीकै घरम छाउगोठ छ । 
 
घरका महिला महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् । 
 
स्थानीय सरकार गठनपछि गत बर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ । 
 
तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन् झन् बढ्दै गएको देखिएको छ । 
 
महिनावारी भएको बेला छाउँगोठमा बस्नु हुन्न भनेर वडा कार्यालयबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ तर, आफ्नै घरकाले मान्दैनन्, महिनावारी भएको बेला पाँच दिनसम्म छाउगोठमै बस्छन्, वडासदस्य भण्डारीले भने । नागरिक दैनिक