Trending :
 

रानीपोखरीमा डुब्दै ३ करोड

भाद्र १५,२०७५

-

 
 भदौ १५, २०७५ काठमाडौँ ।
 
काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । 
 
रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्मा गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ । 
 
मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रोनीपोखरी बनाइएका संरचना  भत्काउनुपर्ने हुन्छ । 
 
संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको छ ।
महानगरले ठेकेदारलाई निर्माणका लागि २० प्रतिशत रकम दिईसकेको छ । 
 
त्यसबाहेक थप रकम माग गर्दै ठेकेदार अदालत गएका हुन् । 
महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुननिर्माणको लागत ६ करोड ३१ लाख रपैयाँमा ठेक्का दिएको हो । कान्तिपुर दैनिक