Trending :
 

चिकित्सकले एकमुष्ट लाइसेन्स बुझाउने

भाद्र १५,२०७५

-

 भभदौ १५, २०७५ काठमाडौँ ।
 
चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । 
 
संघका महासचिव डा। लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए । 
 
भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् । 
 
उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् ।  नागरिक दैनिक