Trending :
 

आफ्नै साथीको बाबुबाट बलात्कृत

भाद्र १८,२०७५

-

 भदौ १८, २०७५ काठमाडौँ ।
 
 
संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । 
 
एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछ्यौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् । 
 
स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहेछ, उनले भने, हाल उनी फरार छन् । 
 
किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ । कान्तिपुर दैनिक