अब बहुविवाह गर्दा पनि जागिर नजाने
-
भदौ १८, २०७५ काठमाडौँ ।
सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठायो पनि ।
मन्त्रिपरिषद्मा पठाउँदा एउटा प्रावधान भने चलाखीपूर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान ।
मन्त्रिपरिषद्मा पठाउनु अघिसम्म प्रस्तावित विधेयकको सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।
तर मन्त्रिपरिषद्मा पठाइएको विधेयकमा बहुबिबाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ ।
बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलाई खुलेआम बहुविवाहको स्वीकृति दिन खोजिएको हो ? अन्नपुर्णपोष्ट