Trending :
 

स्पेनमा नेपाली दूतावास अस्तव्यस्त

भाद्र २७,२०७५

-

 
भदौ २७, २०७५ काठमाडौं ।
 
यूरोपेली मुलुक स्पेनमा नेपाली दूतावास स्थापना भएको सात महिना वितिसकेको छ, तर दूतावासको अवस्था भने लथालिङ छ । मुख्य कार्यालय (चान्सरी) भवन र राजदूत निवास एकै ठाउँमा हुँदा दूतावासको काम कार्वाही अस्तव्यस्त बनेको हो ।
 
 
परराष्ट्र मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले चान्सरी भवन र राजदूत निवासका लागि ९ हजार युरो पठाएको भएपनि कार्यालय राजदूत निवासमै खुम्चिएको छ ।
 
सो मुलुकका राजदूत भरत रायमाझीले निवासका लागि ५ हजार र चान्सरी भवनका लागि ४ हजार ५ सय यूरो माग गरेपनि कार्यालय भन्दा निवासको भाडा बढी नहुने अर्थ मन्त्रालयले अडान लिएको थियो ।
 
 
राजदूत निवासको भान्साको गन्ध (खार)ले कार्यालयको वातावरण प्रत्यक्ष प्रभावित बन्ने गरेको आगन्तुक कक्षमा पर्याप्त कुर्चि सेवा प्रवाहका पूर्वाधार नभएको गुनासो बढ्न थालेको परराष्ट्रले जनाएको छ ।
 
 
यससँगै म्याड्रिड दूतावासले कार्यालय प्रयोजनका लागि खरिद गरिएका सवारी बिमा नगरी चलाएको चर्चा चुलिन थालेपछि सवारी विगत एक महिनादेखि त्यसै थन्किएको म्याड्रिड निवासी शिवराज सिग्देलले बताउनुभयो । 
 
दूतावासले बिमा नगरी सिडि १०३००२ नम्बरको किया कम्पनीको गाडी खरिद गरेको छ ।  आजको नेपाल समाचारपत्रमा खबर छ ।