Trending :
 

गौतमले ताके अब बाँके ३

भाद्र ३१,२०७५

-

भदौ ३१, २०७५ काठमाडौँ । 
 
गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । 
 
त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । 
त्यहाँका कार्यकर्ताले मानेनन् । 
 
अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । 
त्यो मिलाईदिन महासचिव विष्ण्ुा पौडेल लागिपरेका छन् । 
 
पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । 
रोकायले यसको पुष्टि गरेका छन् । 
 
उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । 
 
वामदेवजीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु , उनले भने, ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु । अन्नपुर्ण पोष्ट