Trending :
 

संविधान दिवस : फोरम विभाजित, राजपाको विरोध

आश्विन ०३,२०७५

-

 
 असोज ३, २०७५ काठमाडौँ ।
 
 
असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस भन्ने विषय मधेसमा यतिबेला चर्चामा छ । 
 
मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । 
 
मधेसबाट पहाड उक्लिन लागेको अर्को दल सघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् । 
 
संविधान दिवस मनाउने कि कालो दिन मनाउने विषयमा फोरम विभाजित भईरहेको बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने असोज ३ गते मधेसका सबै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरेको छ । 
 
विरोधसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष मण्डलका जिम्मेवारी तोकिएको छ । नागरिकदैनिक