Trending :
 

राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार

आश्विन ०३,२०७५

-

 असोज ३, २०७५ काठमाडौँ ।
 
 
राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।
 
स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । 
 
प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जाने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । 
 
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार मामा नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई खाजा खान भन्दै होटलमा लगेका थिए । 
 
युवतीले आफुलाई नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सुर्य लामाले बलात्कार गरेको बयान दिएकी छिन् ।
 
बलात्कारको अरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । कान्तिपुर दैनिक