'फूल र ढुंगा' लघुकथा !

आश्विन ०४,२०७५




४ असोज २०७५ काठमाडौँ l

 

वर्षातको समय थियो l आफ्नो जराको नजिकै आधा धसिएको ढुंगासंग फूलले हीनतापूर्ण दृष्टिले भन्यो- “तँ कति कठोर छस् ! आकाशबाट यति धेरै पानी पर्दा त तँ गलेर मसिनो हुनुपर्ने ! तँ मा पनि फूलहरु फुल्ने थिए l तर तँ परिस् कठोर ढुंगा ! आफ्नो वर-पर बालुवा ओढेर अझै मोटो हुँदै गैइहेको छस् l मलाई पानी दिनेवाला धारा पनि रोकेर बसेको छस् l आखिर यहाँ तेरो के काम छ ?”

 

ढुंगाले केहि भनेन !

 

माथि आकाशमा बादलहरुको आवत-जावत चली नै रह्यो l सूर्यले प्रतिदिन धर्तिलाई उत्ताप दिइनै रह्यो र चंद्रमाले आफ्नो दागयुक्त अनुहार कहिले बढाउँथ्यो भने कहिले घटाउँथ्यो l ढुंगाले यीनलाई हेरिरहन्थ्यो, उसलाई शायदै कहिल्यै निद्रा पर्यो होला ! अर्को तर्फ, फूल आफ्नै पत्रहरुलाई समेटी मस्त निद्रामा सुत्थ्यो.....र यस्तैमा ढुंगाले उसलाई जवाफ दियो....!

 

“म यहाँ यसैले छु किनकि तिम्रा जराहरुले मलाई ‘आफ्ना’ बानाएका छन् ! म यहाँ यसका लागि छुइन कि मलाई केहि चाहिएको छ, बरु यसका लागि छु, कि म त्यहि पृथ्वीको एक अंग हूँ जसको काम तिम्रो शरीर (रुख) लाई हावा र पानीले बचाउनु हो l मेरो प्यारो फूल ! केहि पनि चिरंतन (शाश्वत) छैन, म यहाँ यसैले छु किनकी मेरो खस्रो त्वचा र तिम्रो खुट्टाहरुमा एक जुड़ाव छ, प्रेमको बंधन छ l यसलाई तिमी तब नै महसूस गर्न सक्छौ जब नियतिले नै हामी दुबैबीच रहेको संबन्ध नष्ट गरिदिनेछ l

 

ताराहरु चंद्रमालाई पछ्याउंदै आकाशको एउटा कुनामा खसे l नयाँ बिहानीको नयाँ सूर्यले क्षितिजको मुखमा तातो चुम्बन दिएर दुनियाँलाई जगायो l फूल आफ्ना सुंदर पत्रहरुलाई खोल्दै फक्रियो र ढुंगासंग भन्यो- “सुप्रभात ! मैले राति एउटा सपना देखें जसमा तिमी मेरो लागि एउटा गीत गाउँदै थियौ l” म पनि कस्तो बेवकूफ छु, हैन र ?

 

ढुंगाले केहि भनेन...... !

-माधव प्रसाद गर्तौला